काठ्माण्डौं। भारतीय जनता पार्टी भाजपा का विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल आएका छन्।
गृहमन्त्री रमेश लेखक र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच बुधबार दिउँसो गृह मन्त्रालयमा भेटवार्ता भएको गृह मन्त्री लेखकको सचिवालयले जनाएको छ।
भेटका क्रममा नेपाल र भारत बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेबारे सकारात्मक छलफल भएको मन्त्री लेखकको सचिवालयको भनाइ छ।
चौथाईवालेको नेपाल भ्रमण र भेटघाटहरूले द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने आफूले विश्वास लिएको गृहमन्त्रीको भनाइ छ।
चौथाईवालेले प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न पार्टीका प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
तपाइको प्रतिक्रिया दिनुहोस्