फूलवारी बहुमुखि क्याम्पसका विद्यार्थी आन्दाेलित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

फूलवारी बहुमुखि क्याम्पसका विद्यार्थी आन्दाेलित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२६
  • सुन्नुहोस् 
1.4K   
फूलवारी बहुमुखि क्याम्पसका विद्यार्थी आन्दाेलित

धनगढी ।फूलवारी बहुमुखि क्याम्पसका विद्यार्थीहरु आन्दाेलित भएका छन् । नियमित पठनपाठन नभएको भन्दै अनिश्चितकालीन आन्दाेलनका कार्याक्रम घाेषणा गर्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

गत वैशाख ९ गते स्वतन्त्र विद्यार्थी युनियनद्वारा फुलबारी बहुमुखी क्याम्पस प्रशासनमा विद्यार्थीको हितका लागि ८ बुदे ज्ञापनपत्र बुझाए पनि कुनै सुनवाई नभएकाे विद्यार्थीहरुकाे आराेप छ । विद्यार्थीकाे पठन पाठनमा क्याम्सले कुनै ध्यान नदिएकाे भन्दै स्वतन्त्र विद्यार्थी युनियन फूलवारीका सभापति भुवन जैशी नेतृत्वमा विद्यार्थीहरू अनिश्चितकालीन आन्दोलन घोषणा गरी प्रदर्शनमा उत्रेका हुन्।

कक्षा नियमित सञ्चालन नभए सम्म हाम्राे आन्दाेलन निरन्तर चलिरहने स्ववियुले जनाएकाे छ ।

अन्दाेलनकै क्रममा आज विद्यार्थीहरुले क्याम्पस प्रशासन बाहिर नाराबाजी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च