प्रवास
ज्ञवालीले प्राप्त गरे अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार

काठमाडौं । दक्षिण कोरियाको थेगु विश्वविद्यालयमा प्राध्यापनरत नेपाली युवा डा। घनश्याम ज्ञवालीले अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार प्राप्त गरेका छन् ।
सिंगापुरमा भएको वैज्ञानिक तथा र अनुसन्धानकर्मी चयन गर्ने नवौं संस्करणबाट युवा वैज्ञानिक ज्ञवालीलाई अन्तर्राष्ट्रिय युवा वैज्ञानिकको उपाधि दिने निर्णय गरेको हो । सन् २०१२ मा रोजगार अनुमति प्रणालीबाट रोजगारीका लागि दक्षिण कोरिया गएका ज्ञवालीले भिसा परिवर्तन गरेर २०१७ बाट अध्ययन गर्न लागेका थिए ।भौतिक शास्त्रमा विस्ससी सकेका गुल्मीका ज्ञवाली नेपालमा शिक्षक पेशा गर्दागर्दै रोजगारीका लागि कोरिया गएका थिए । ‘लामो संघर्षपछि २०१७ मा दक्षिण पूर्वमा अवस्थित थेगु सहरको थेगु विश्वविधालयमा पूर्ण छात्रवृति प्राप्त गर्न सफल भएँ,’ ज्ञवालीले भने । नेपालमा विएस्सी पुरा गर्दा सम्मको लगान र त्यसपछि देखिरहेको सपना फेरि व्युँतिएर अध्ययनमा लागेको उनले सुनाए ।
ज्ञवालीले थेगु विश्वविद्यालयमा भौतिकशास्त्रमा ‘मटेरियल्स् साइन्स एण्ड इनर्जी इन्जिनियरिङ’ ल्याबमा विद्यार्थी जीवन पसन सुरु गरेका थिए । उनले २०१९ मा स्नातकोत्त। तहको अध्ययन सकाए ।
त्यसै विश्वविद्यायलयमा ‘नवीकरणीय शक्तिका स्रोत, यसको उत्पादन, परिमार्जन तथा संचय र प्रयोग’ विषयक अध्ययन, खोज–अनुसन्धान कार्यमा संलग्न रहे । राष्ट्रिय–अन्तर्राष्ट्रिय जर्नलमा खोज आलेख प्रकाशित गरेपछि उनले गत वर्ष पीएचडी सकेका थिए ।
सोही विश्वविधालयमा पोष्ट डक्टरल सिनियर रिसर्चर्सको रुपमा कार्यरत उनी हालै रिसर्च प्रोफेसर बनेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्