हामि संग जोडिनुहोस

राष्ट्रिय

बडादशैँको टीका लगाउँदा कता फर्किने ?

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२६
  • सुन्नुहोस् 
288  
Banner

धनगढी। बडादशैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको छ ।विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

लगाइमाग्ने र लगाइदिने कता फर्किने

विजयादशमीको दिन आज चन्द्रमा मकर राशीमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउँछन् धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा.डा देवमणि भट्टराई । यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने उनले बताए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशीका आधारमा निर्धारण हुनेछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्