हामि संग जोडिनुहोस

समाचार

बझाङमा १० दिनमा १५० भन्दा बढी सवारी साधनलाई कारबाही

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-१
  • सुन्नुहोस् 
33  
Banner

 बझाङ। तोकिए भन्दा बढी भाडा असुलेपछि पछिल्लो १० दिनमा प्रशासनले १ सय ५० भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ । जिल्ला भित्रका स्थानिय रुटमा चल्ने सार्वजनिक सवारीले तोकेको भन्दा कैयौं गुणा महँगो भाडा लिने गरेको गुनासो बढेपछि प्रशासनले अनुगमन गरेको थियो । यातायात व्यवसायीहरुले लामो समयदेखि तोकिएको भन्दा १०।१२ गुणा बढी भाडा लिएर सर्वसाधारण यात्रु लागि ठगी गरिरहेको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी दुइ हप्तादेखि दैनिक भाडादर अनुगमनमा खटिएकी छन् ।

१ सय ४४ रुपैयाँ भाडा लिनु पर्ने ठाउँमा आठ सयसम्म असुलेको भेटिएको छ । सर्वसाधारणमाथी यस्तो लुट हुन दिनु हुँदैन भनेर ट्राफिक प्रहरीसहित अनुगमन भइरहेको छु,उनले भनिन, ‘यस अवधीमा १० दिनको अवधीमा १ सय ५० सवारी साधनलाई कारबाही गरिरहेका छौं । उनले तोकिएको भन्दा बढी भाडा लिने सवारीलाई सुरुमा चेतावनी स्वरुप नगद दुइ हजार जरिवाना गराएको बताउँदै फेरी त्यस्तो गल्ती गरे सवारी साधन जफत गर्ने सम्मको कारबाही गरिने जानकारी दिइन् ।



यस अघि प्रशासनले तोकेको भाडादर लागु गर्नुपर्छ भन्दा यातायात व्यवसायीहरुले उल्टै यात्रु माथी दुर्व्यवहार गर्ने र कुटपिट समेत गर्ने गरेका थिए । ‘प्रशासनले तोकेको भाडा लिनुस्भन्दा उल्टै भन्दा कुट्न आउँथे। गाडीबाट तानेर बाहिर निकाल्थेु, खप्तडछान्ना गाउँपालिकाको तमैलदेखि गडराय सम्म ११ किलोमिटरको भाडा छ सय असुल्ने गरेको बताउँदै खप्तडछान्नाका मंगल खड्काले भने, ‘अहिले सहायक सिडियो आफैं सडकमा आएर अनुगमन गर्न थालेपछि तोकिएकै भाडा लिने गरेका छन् । हामी जस्ता दैनिक गाडी चढ्नु पर्ने यात्रुलाई ठूलो राहत भएको छ ।


जिल्ला प्रशाशन कार्यालयले बढी भाडा असुल्ने मात्रै नभइ ट्राफिक नियमको उलंघन गरी बढी यात्रु चढाउने, सवारी साधनमा भाडादर नटाास्ने जिप, वस र छोटो दुरीमा चल्ने अटोलाई पनि नियमन गर्ने जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण बझाङमा पटक पटक सवारी दुर्घटना हुने र मानवीय क्षती समेत हुँदै आएको छ ।

भाडादर कार्यान्वयनको अनुगमन थाल्नु पूर्व जिल्ला प्रशाशन कार्यालयले यातायात व्यवसायीहरु सँग छलफल गरेर जिल्लाभरीका स्थानीय रुटको भाडादर तोकेको थियो । कच्ची सडकमा प्रतिकिलोमिटर २० रुपैयाँ र पक्की सडकको हकमा प्रतिकिलोमिटर नौ रुपैयाँका दरले भाडा दर तोक्ने सहमतिपछि प्रशासनले गन्तव्य स्थान खुलाएर भाडाको सूचि प्रकाशन गरेको थियो । यद्यपी केही पालिकाहरुले आफ्नो पालिका भित्र रहेका सडकको दूरी खुलाएर नदिएका कारण मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाको स्थानीय रुटको भाडादर सूचि प्रकाशन गर्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


‘खासमा भाडादर नियमन गर्नका लागि पालिकाहरु नै सक्रिय हुनु पर्ने हो तर केही पालिकाहरुलाई पटक पटक ताकेता गर्दा पनि सडकको दूरी खुल्ने जानकारी दिएका छैनन् , सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन, ‘बुंगल नगरपालिकामा इमेल र हुलाक मार्फत पठाएको पत्रको जवाफ नआएपछि आफैं पुगेर पत्र दिएँ । तर केही रेसपोन्स आएको छैन ।ु उनले भाडादर नियमनको कामलाई अभियानका रुपमा नै कार्यान्वयन गर्ने प्रशासनको कार्यक्रम रहेकोले दूरी नखुलाउने पालिकाका अधिकारीहरुलाई बोलाएरै छलफल गरिने बताईन् । ‘सर्वसाधारण लुटिइ रहँदा प्रशासन मुक दर्शक बस्न सक्दैन । हामी जुनसुकै मुल्यमा पनि भाडादर कार्यान्वयन गराएरै छाड्ने अभियानमा छौु उनले भनिन् । यता बुगंल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले भने जिल्ला प्रशाशन कार्यालयको पत्र आउने बितिकै आफुले प्रमुख प्रशाशकिय अधिकृत कुँवरलाई दुरी खुलाएर पत्रको जवाफ पठाउन निर्देशन दिएको बताए । ‘प्रशासनबाट जानकारी आउने बित्तिकै मैले दुरी खुलाएर जवाफी पत्र पठाउन भनेको हो । अहिलेसम्म किन नपठाएको रहेछ रु उहाँसँग बुझेर मात्रै भन्न सकिन्छु उनले भने ।


तपाइको प्रतिक्रिया दिनुहोस्