हामि संग जोडिनुहोस

समाचार

दार्चुलाबाट चरेश सहित एक जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२८
  • सुन्नुहोस् 
48  
Banner

धनगढि। दार्चुलाबाट चरेश सहित एक जना पक्राउ परेका छन । आइतबार महाकाली नगरपालिका – ४ राधाकृष्ण चोकबाट लागू औषध चरेस सहित एक् जना पक्राउ परेका हुन ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार राधाकृष्ण चोकमा दुँहु गाउँपालिका – २ हिकिलाका ४४ वर्षीय कलम सिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट चरेसको कारोवार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो । खानतलासीका क्रममा डडालको पाइन्टको खल्तिबाट लागु औषध चरेस जस्तो देखिने कालो पदार्थ ५३।४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।आइतबार नै डडालको विधानगर टोल स्थित घर कोठामा खानतलासी गर्दा थप १०।४६ मिलिग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीले कुल ६३।८६ ग्राम चरेस सहित पक्राउ परेका डडाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्