हामि संग जोडिनुहोस

समाचार

वन अतिक्रमण गरी लगाएको धानबाली हटाउदै उपभोक्ता समुह

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-१
  • सुन्नुहोस् 
369  
Banner

धनगढी । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बगुलियामा रहेको मन्द्रेनिया सामुदायिक वन उपभोक्ता समूह बगुलियाले सामुदायिक वन अतिक्रमण गरि लगाएको धानबाली उपभोक्ता  आफैले काटेका छन्। सामुदायिक वनले  सामुदायिक वनको जमिन अतिक्रमण गरि लगायको धान बालि आफै समितिका पदाधिकारीहरु ,उपभोक्ताहरुले डिभिजन वन कार्यलय पहलमानपुरको सशस्त्र वन रक्षक टोलिको सहयोगमा धान काटिएको छ ।

बर्दगोरिया गाउँ पालिका वडा नम्बर ६ मा रहेका सामुदायिक वनका उपभोक्ताहरु ट्याक्टर सहित धान काट्न  वन अतिक्रमण क्षेत्रमा पुगेका हुन ।स्थानीय उपभोक्ताहरुले करिब सामुदायिक वनको ३ हेक्टर जमिनमा अतिक्रमण गरि धानबाली लगाएका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरिराम डगौराले जानकारी दिए ।

आफै सामुहले काटेर ट्याक्टरमा राखेर लैजादै गरेका छन्  , उपभोक्ताहरुले नै धानलाइ थ्रेसर गरि  बेचेर आफ्नै सामुदायिक बनको खाता रकम जम्मा गरिने समेत अध्यक्ष डगौराले बताए ।

कैलालीमा वन अतिक्रमण बढी रहेको भए पनि अतिक्रमण क्षेत्र खाली गराउनका लागि डिभिजन वन कार्यलय पहलमानपुर निरन्तर रुपमा लागि रहेको डिभिजन वन कार्यलय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए ।

अतिक्रमण क्षेत्र खाली गराइ धानबाली काटेर सामुदायिक बनले लिएको यो कार्य नयाँ थालनी गरिएको छ , ।

यसै गरि सबै सामुदायिक वनहरुले  प्रत्येक्ष रुपमा सकारात्मक र रचनात्मक रुपमा भुमिका खेलेमा वन सरक्षण हुने  विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्