हामि संग जोडिनुहोस

समाचार

धनगढीका तीन घरमा चोरी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२८
  • सुन्नुहोस् 
57  
Banner

धनगढी । कैलालीको धनगढीका तीन घरमा चोरी भएको छ । चाडपर्वको बेला घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –३ फिस रिसोर्टनजिक घर रहेको कल्ना विक, शिवलाल अर्याल र धनगढी उपमहानगरपालिका –१३ नवदुर्गा टोलका दीपेन्द्रबहादुर कुँवरको घरबाट सुनसहित नगद चोरी भएको छ ।विक टीका लगाउन कञ्चनपुरको झलारीस्थित माइतीघर गएको बेला घरको मुल ढोकाको ताल्चा तोडेर चोरले तीन तोला सुन चोरेको जनाइएको छ ।यसैगरी, सोही वडाकै अर्याल असोज २६ गते दसैं मनाउन कञ्चनपुरको पुनर्वास गएको बेला घरमा चोरी भएको छ । प्रहरीका अनुसार चोरले दराज फुटाएर अर्यालयको घरबाट ७० हजार रुपियाँ चोरेर लगेको छ ।यस्तै, कुँवरको घरबाट २१ हजार रुपियाँ चोरी भएको छ । तीनवटै चोरीका घटनाबारे आइतबार मात्र जिल्ला प्रहरी कार्यालयमा जानकारी आएको प्रवक्ता बोहराले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्