हामि संग जोडिनुहोस

समाचार

डडेल्धुरा बस दुर्घटनाका घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार हुँदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-१
  • सुन्नुहोस् 
18  
Banner

धनगढी। मगंलबार राती डडेल्धुरामा बस दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचार भइरहेको छ । धनगढीको मायामेट्रो अस्पतालमा उनिहरुको उपचार भइरहेको छ । बस दुर्घटनामा घाइते भएका पुर्चौंडी नगरपालिका–७ का २ नवराज साउद, वडा–६ का राजेन्द्र साउद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का दिनेश साउद, डडेलधुराको आलिताल गाउँपालिका–१ का मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ की विमला महता, कृष्णपुर नगरपालिका–५ की धनमती साउँदको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । यस्तै, पुर्चौंडी–८ का पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक बिरेन्द्र बोहरा, वडा नम्बर ७ का नवराज रतौकी, सुरेन्द्र रतौकी, वडा वडा नम्बर १० का दामोदर महरा र धनबहादुर महराको पनि मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भइसकेको छ । बसमा सवार तीन महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमै मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ तोलीगाउँकी २० वर्षीया कमला बोहरा, २२ वर्षीय सहदेव बोहरा, ४५ वर्षीया जैमती बोहरा र एक नाबालक छन्। नाबालक कमलाका छोरा हुन् भने सहदेव श्रीमान र जैमती आमा हुन्। मंगलबार राति कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा परेको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्