हामि संग जोडिनुहोस

राष्ट्रिय

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२४
  • सुन्नुहोस् 
78  
Banner

धनगढि ।कैलालीको अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको छ । गोदावरी नगरपालिका सँगको समन्वयमा अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल नेपाल परियाजनाले गोदावरी नगरपालिका – १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा कोल्ड स्टोर निर्माण गरेको हो ।उक्त कोल्ड स्टोर बिहिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले कृषि उपज थोक बजार समिति अध्यक्ष नन्दलाल भट्टलाई हस्तान्तरण गरेका थिए । कोल्ड स्टोर आठ लाख १७ हजार ६९९ रुपियाँ निर्माण गरिएको हो  ।कार्यक्रममा बोल्दै समितिका अध्यक्ष नन्दलाल भट्टले कोल्ड स्टोरले यहाँका किसानलाई राहत मिल्ने बताए । कोल्ड स्टोर सञ्चालनका लागि समितिले कार्यविधी तयार पार्ने उनले बताए ।यद्दपी कृषि उपज थोक बजार समितिको परिसर मै ३ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर भने बाहिरी संरचना निर्माण सम्पन्न हुँदा पनि विगत ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्