हामि संग जोडिनुहोस

कैलाली विशेष

जब प्रहरीले जुस सेन्टर राति १० बजेपछि पनि खुलै देख्यो‘

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-३१
  • सुन्नुहोस् 
153  
Banner

अत्तरिया । अत्तरियाको लोटस गल्लीमा रहेको थ्रिडिभिएल जुस सेन्टरमा राति प्रहरी आएर दुर्व्यवहार गरेको जुस सेन्टरमा कार्यरत क्षितिज साउदले बताएका छन् । उनले राति १० बजेपछि खाना खाइरहेका बेला प्रहरी आएर दुर्व्यवहार गरेको बताएका हुन् ।साउदले राति पसल बन्द गर्ने बेलामा भ्यानसहित आएको प्रहरी टोलीले पसल बन्द गर भनेको तर आफूहरु खाना खाइरहेकाले खाएर बन्द गर्छु भन्दा प्रहरीले गाडीमा जबरजस्ती हाल्न खोजेको बताए । राति सवा १० बजे थ्रिडिभिएलकै चार जना बसेर खाना खाइरहेका बेला प्रहरीले खाना खाएर बन्द गर्छौँ भन्दा नमानी गाडीमा हालेर लगौँ भनेर दुर्व्यवहार गरेको उनले बताए ।प्रहरीले थ्रिडिभिएलकै डबल साउँदलाई भ्यानमा हालेर चौकी लगेका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले राति १० बजेको समयमा अत्तरिया बजारमा सबै पसलहरु बन्द हुने र नभएका पसलहरु प्रहरीले बन्द गराउने गरिएको हुँदा मंगलबार राति १० बजेपछि पनि पसल खुलै रहेकाले बन्द गर भन्दा प्रहरीसँग नै बोल्न थालेपछि साउँदलाई चौकी लगिएको बताए । उनले साउँदलाई सम्झाई बुझाई गरेर छोडेको बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्