हामि संग जोडिनुहोस

कैलाली विशेष

धनगढीमा गिरीले चोरी गरेका गरगहना खाल्डोमा भेटिए

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-२६
  • सुन्नुहोस् 
609  
Banner

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ का शिक्षक योगेन्द्र ओझाको घरबाट चोरी गरिएका सुनका गरगहना खाल्डोमा लुकाएको अवस्थामा फेला पारिएको छ।धनगढी–१८ फूलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीले नगद, सुन र चाँदीका गरगहना चोरी गरेर धनगढी उपमहानगरपालिका–१ हुलाक लाइनको एक घरको आँगनमा खाल्डो खनेर लुकाएको अवस्थामा प्रहरीले  फेला पारेको हो। प्रहरीले शनिवार उक्त गरगहना फेला पारेको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले शिक्षक ओझाको घरबाट गिरीले चोरी गरेका सुनको एउटा नौगेडी, २ वटा मंगलसुत्र, ३ वटा सुनका माला, एउटा सुनको बाला र १६० वटा टप खाल्डोमा गाडिएको अवस्थामा भेटिएको बताए। प्रहरीले घटनास्थल कार्य सकेर उक्त गरगहना बरामद गरेको छ।बुधवार शिक्षक ओझाको घरमा कोही नभएको मौका पारेर गिरीले ढोका फुटाएर चोरी गरेका थिए। चोरी मुद्दामै तीन वर्ष कैद सजाय भुक्तान गरेर १७ साउनमा कैलाली कारागारबाट छुटेका गिरीले ओझाको घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेका थिए।प्रहरीले यसअघि नै गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिसकेको थियो। गिरीलाई चोरी मुद्दामा पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्