हामि संग जोडिनुहोस

समाचार

कञ्चनपुरमा नदीले बगाउँदा एक युवक बेपत्ता

  • Logo
    प्रमिला धनाडी
  • Logo
    २०८१-३-२४
  • सुन्नुहोस् 
576  
Banner

कञ्चनपुर .  कञ्चनपुरको बेलडाँडीमा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । चौधर नदीमा तर्ने क्रममा बगेर बेलडाँडी गाउँपालिका –३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बेपत्ता भएका हुन ।

उनी आइतबार ६ जनाको समूहमा सीमावर्ती भारतीय गाउँ टाटरगन्ज माछा मार्न गएका थिए । फर्किने क्रममा बेलडाडी गाउँपालिका – ५ झिलमिला स्थित चौधर नदीमा बगेर उनी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण कुवरले बताएका छन् ।

उनले बेपत्ता चौधरीको खोजी कार्य भइरहेको बताए । निरन्तर परिरहेको पानीले खोजी कार्यमा असहज भएको उनले बताएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्