समाचार
कञ्चनपुरका पत्रकार भट्ट प्रहरीको नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरका एक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट पत्रकार पुस्कर भट्टलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिए ।
प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला अदालत कञ्चनपुरको अनुमति अनुसार पत्रकार भट्टलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक थापाले बताए ।
कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाउदै आएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्