हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदूरपश्चिमका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-४
  • सुन्नुहोस् 
981  
Banner

सुदूरपश्चिमका केहिँ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  बुधबार सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना रहेको छ ।सुदूरपश्चिमका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली भई तराईमा हुस्सु÷कुहिरो लागेको छ । आज सुदूरपश्चिमसहित कोशी, बागमती ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।

त्यस्तै, यी पाँचै प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्