हामि संग जोडिनुहोस

राष्ट्रिय

रानाथारु समाजको समानान्तर समिती गठन, अध्यक्षमा रबि राना

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-६
  • सुन्नुहोस् 
102  
Banner

धनगढी । नेपाल रानाथारु समाजको ७ औं महाधिवेशनलाई एक समुहले बहिष्कार गर्दै नेपाल रानाथारु समाजको कैलाली( कंचनपुरको केन्द्रिय समानान्तर समितीका अध्यक्ष रबि राना सहित१७ जनाको कार्यसमितिति गठन भएको छ ।

नियम अनुसार निर्वाचनको लागि असोज २४ गते निर्वाचन मण्डललाई नयाँ आजिवन सदस्यलाई स्वीकार नगर्ने भनेर जानकारी गराएका थियौ तर अन्तिममा ३० गते निर्वाचन हुनु भन्दा पहिले नयाँ सदस्यको नाम थप गरेका हुन । यहि कुरामा बिरोध हुदा समेत कार्तिक ३ गते निर्वाचन गराएका थिए । निर्वाचन हुनुभन्दा पहिले हामीले निर्वाचनलाई पत्रकार सम्मेलन गरि बहिष्कार गरी जानकारी गराएका थियौ यती हुदा पनि जबरजस्ती एकतर्फी चुनाब गराएको भनेर रबि रानाले बताएका हुन ।

विधान विपरित निर्वाचन अधिकृत तोकिएको थियो उनीहरुले आरोप लगाएका छन् । विधानको उद्देश्य विपरित समाजलाई एकत्रीत गरी राजनितीको रंग नदिने गरी कार्य सञ्चालन गर्नु पर्नेमा समाजका सदस्यलाई नै विखण्डन गराउन खोजेको रवि रानाको भनाई छ । संस्था नविकरण नभई अधिविशेन गराई निर्वाचन गराएको, वार्षिक रुपमा सधारण सभा नगराएको, नियमित संस्थाको बैठक नबसेको, संस्थाको रकम बेरुजु देखाएको रकममा महाधिवेशनलाई जानकरी नगराई आर्थिक लगायतका प्रतिवेदन परित नगरएको भन्दै महाधिबेदन छलफल गरी मात्रै अघाडी बढाउनुपर्ने भन्दै निर्वाचन प्रकृया बहिस्कार गरेका थिए ।

नेपाल रानाथारु समाजको विधान परिच्छेद ४ को ४।४ नेपाल रानाथारु समाजको काम कर्तव्य र अधिकार अनुसार तर्फ ४।४ (छ)अनुसार समाज विपरित काम गरेमा समाज भित्र फुट ल्याउने गरी समाजलाई राजनितीमा प्रयोग गरेमा विधान अनुरुपमा कार्य नगेरेमा सदस्यहरुलाई निलम्बन गरी सधारण सभामा सिफरिस गर्ने समेत रहेकोले समाजका प्रतिनिधिहरु बन्दसत्रमा उठाउदा अटेर तथा जवरजस्ती अगाडी बढेको थियो भनेर असन्तुष्ट पक्षले जानकारी गरेका हुन ।

यस्तो छ राना थारु समाजको समान्तरण कमिटी

अध्यक्ष – रबि राना

उपाध्यक्ष – प्रेमवती राना

उपाध्यक्ष – सुरेश बडायक

महासचिव – जगदिश राना

सचिव – रंजित राना

सचिव – भजन लाल राना

कोषाध्यक्ष – पृथ्वी रानाथारु

सदस्य – गर्भु राना

सदस्य – मुखलाल राना

सदस्य – राजेन्द्र राना

सदस्य – राम कुमार राना

सदस्य – सेवनिया राना

सदस्य – मनोहर राना

सदस्य – मेघनाथ राना

सदस्य – सिता राना

सदस्य – कृष्णा कुमारी राना

सदस्य – भागरथी राना


तपाइको प्रतिक्रिया दिनुहोस्