हामि संग जोडिनुहोस

समाचार

रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-२
  • सुन्नुहोस् 
117  
Banner

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएको छ । त्योसँगै सीआईबीबाट एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोली तयारी गरिरहेको छ  बताईएको छ ।

सीआईबी टोली पुग्नुअघि रास्वपा कार्यालय बाहिर प्रहरीको बाक्लो उपस्थिति छ । सूचना संकलनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । समर्थकहरुको भिड र नारावाजीबीच उनलाई पक्राउ गरेर लैजाँदा कुनै तनाव नहोस् भन्ने उद्देश्यले व्यापक प्रहरी परिचालन गरिएको प्रहरी अधिकृतहरु बताउँछन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्