हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बैतडीमा दुईवटा अटो दुर्घटना हुँदा पाँच जना घाइते

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-२
  • सुन्नुहोस् 
519  
Banner

बैतडी । बैतडीमा दुईवटा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।जिल्लाको डिलासैनी गाउँपालिका–६ र दोगडाकेदार गाउँपालिका–७ मा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–७ खोचलेकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६०७० नम्बरको अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

दोगडाकेदार गाउँपालिका–२ की ३५ वर्षीय पावर्ती जोशी, ४५ वर्षीय वसन्ती जोशी, २५ वर्षीय राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० वर्षीया हिरा सार्की घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीले हिरा सार्कीको डिस्चार्ज भएको र अन्य तीन जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको बताएको छ। दार्चुलाको शैलेशिखर नगरपालिका–९ का २२ वर्षीय उमेश साउँदले अटो चलाएका थिए।

उता, डिलासैनी गाउँपालिका–६ डडियामा गोकुलेश्वरबाट चमतडी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२– ००१ घ १७९० नम्बरको अटो दुर्घटना हुँदा सीता भट्ट घाइते भएकी छन्। अटोको झ्याल खुलेपछि दुर्घटना भएको हो। अटो डिलासैनी गाउँपालिका–६ चौसेडाका ४२ वर्षीय डम्बरसिंह कठायतले चलाएका थिए।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार