सुदरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे समझदारीसँगै आन्दोलनका सबै कार्यक्रम स्थगीत - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे समझदारीसँगै आन्दोलनका सबै कार्यक्रम स्थगीत

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-४
  • सुन्नुहोस् 
606   
सुदरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे समझदारीसँगै आन्दोलनका सबै कार्यक्रम स्थगीत : Phulbari Khabar

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे समझदारी भएको छ।

Phulbari Khabar

सहमतीसँगै स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगीत गरेका छन्। प्रदेश सरकारले मन्त्रीपरिषद्बाट स्वीकृत भएर प्रदेश सभामा पेश भइसकेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक अबिलम्ब जारी गर्ने प्रतिबद्धता जनाएको छ।

सरकारकातर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका वार्ता समिति संयोजक सुरेन्द्रबहादुर पाल र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका तर्फबाट संयोजक झलकबहादुर दौल्याल समेतका प्रतिनिधिबीच पाँच बुँदे सहमती भएको छ। सरकारले ११ जेठमा बस्ने प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा पहिलो प्रस्ताव सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक राखेर अविलम्ब जारी गर्ने, विद्येयक जारी भएर राजपत्रमा प्रकाशित गर्दै कार्यान्वयनका लागि यथाशिघ्र स्थानीय तहमा पठाउने सहमति भएको छ ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च