हामि संग जोडिनुहोस

खेलकुद

आज नेपाल माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-५
  • सुन्नुहोस् 
150  
Banner

काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाविनै मैदान उत्रिएको नेपाल भुटानविरुद्ध फिनसिङमा चुक्दा गोल गर्न असफल बनेको थियो ।यस्तै त्यस खेलमा दुई खेलाडी घाइते हुनु नेपालक लागि दुर्भाग्य बन्यो । भुटान विरुद्ध घाइते हुँदै मैदानछाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउनेछन् ।

हिरा भुटानविरुद्ध पहिलो रोजाइमै खेलेकी थिइन् भने दीपा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् ।तर, नेपालका लागि सुखद खबर पनि छ । फरवार्ड सावित्रा आइतबार राति फ्रान्सबाट काठमाडौं आइपुगेकी छिन् । उनी टिममा सामेल भइसकेकी छन् । अब साम्बाले माल्दिभ्सविरुद्ध आज खेल्ने सम्भावना पनि छ ।आइतबार प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्राले खेल्न चाहे पहिलो रोजाइमा खेलाउन सकिने र आराम चाहे आराम गर्ने प्रतिक्रिया दिएका थिए । सावित्राको आगमनले नेपाली टिम र समर्थकको पनि मनोबल बढेको छ ।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरकको रुपमा रहेकी सावित्राले युरोपमा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी छिन् । उनले नेपालक लागि ४६ खेलमा सर्वाधिक ५३ गोल गरेकी छन् ।फ्रान्सको माथिल्लो श्रेणीको लिगमा इएन अभान्ट गुइग्याम्पबाट खेलिरहेकी सावित्राले शनिबार भएको स्ट्रासवर्गविरुद्धको खेल गोल गरेकी थिइन् र उक्त खेल गुइग्याम्पले ३-२ ले जितेको थियो ।सावित्राको आगमन अनी दुई खेलाडी चोटका कारण बाहिरिएपछि माल्दिभ्सविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइमा परिवर्तन हुने पक्का छ ।

माल्दिभ्सविरुद्ध खेल्दा नेपाललाई जित आवश्यक छ । समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १-० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्