हामि संग जोडिनुहोस

खेलकुद

बार्सिलोनालाई पछ्याउँदै रियल मड्रिड

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२०
  • सुन्नुहोस् 
57  
Banner

काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले भियारियाललाई २ ,० ले पराजित गरेको छ ।लिगमा अपराजित यात्रा कायम राखेको रियलले रियल स्थानको बार्सिलोनासँग अंक बराबरी समेत गरेको छ । यद्यपिले बार्सिलोनाले एक खेल कम खेलेको छ ।घरेलु मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा रियलका लागि फेडेरिक भलभर्डेले १४औं  र भिनिसियस जुनियरले ७३औं मिनेटमा गोल गरे ।जितपछि रियलले ९ खेलबाट शीर्ष स्थानको बार्सिलोना समान २१ अंक जोडेको छ र तर गोलअन्तरमा पछि छ । रियलले ९ खेलमा ६ खेल जित्दा ३ बराबरी खेलेको छ । बार्सिलोनाले ८ खेलमा ७ जित र १ हारको नतिजाबाट २१ अंक जोडेको छ ।

रियलसँग हारपछि पनि ९ खेलबाट १७ अंकसहित भियारियाल तेस्रो स्थानमै यथावत छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्