हामि संग जोडिनुहोस

सुदूरपश्चिम

धनगढीको फूलवारीमा माघी मेलाको चहल-पहल,सांसद पन्तद्धारा उद्घाटन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-३
  • सुन्नुहोस् 
1.03K  
Banner

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा माघ ५ गतेसम्म संचालन हुने फूलवारी माघी मेला तथा भलिबल प्रतियोगिताको  सोमबार उद्घाटन गरिएको छ । बिगत लामो समयदेखि  माघे संक्रान्तिको अवसरमा माघ १ गतेदेखि लाग्ने मेला तथा भलिबल प्रतियोगिताको  कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य सांसद डिल्लीराज पन्तले  उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्द कला राना,सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति  डा.टिएन जोशी,कैलाली क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका सभापती भिम पडाल रहेका थिए । त्यस्तै धनगढीका विभिन्न वडाका अध्यक्षहरु ,पुर्व अध्यक्ष , पुर्व सांसद नेपालु चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Open photo

उद्घाटन कार्यक्रममा थारु समुदायको सखिया नाच,लाठी नाच,मुग्रवा नाच लगायतका विभिन्न नाचहरू प्रस्तुत गरिएको थियो ।भने भलिबल प्रतियोगिताको समेत उद्घाटन गरिएको छ । भलिबल प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । यस बर्ष भलिबलको प्रथम पुरस्कार ५५ हजार राखिएको छ । 

थारु समुदायले माघी पर्वलाई नयाँ बर्षको रुपमा मनाउँदै आएका छन् । सोही अवसरमा हरेक बर्ष ५ दिनसम्म फूलवारी गाउँको फूलवारी आधारभुत विद्यालयमा मेला लाग्दै आएको छ । मेलामा भलिबल प्रतियोगिता,ब्याडमिन्टन,पेनाल्टी सुट आउट प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुदै आएका छन् । साथै मेलामा थारु जातिका विभिन्न परिकारहरु,पहिरन,भेषभुषा प्रर्दशन गरिदै आइएको आयोजकले जनाएको छ ।

Open photo

मेलामा ८० वटा विभिन्न प्रकारका व्यापारिक स्टलहरु राखिएका छन् । मेलामा विभिन्न रमाइला खेलहरु खेल्ने व्यवस्था गरिएको छ । भने सुरक्षाको लागि मेला स्थलमा सिसिटिभी क्यामेराको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।थारु तिहुवार मञ्चका अध्यक्ष पर्वत चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम बल बहादुर चौधरीले संचालन गरेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्