हामि संग जोडिनुहोस

सुदूरपश्चिम

आज ‘क्रिसमस डे’ सुदूरपश्चिममा १.४ प्रतिशत क्रिश्चियन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-१०
  • सुन्नुहोस् 
732  
Banner

धनगढी । आज ‘क्रिसमस डे’ नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरुले उल्लासका साथ यो पर्व मनाउँदैछन् । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । 

सुदूरपश्चिम प्रदेशमा १.४ प्रतिशत क्रिश्चियन जनसंख्या रहेको पाइएको छ ।  राष्ट्रिय जनगणना २०७८ अनुसार २६ लाख ९४ लाख ७८३ जनसंख्या रहेको सुदूरपश्चिममा ३७ हजार ५४० क्रिश्चियन धर्म मनाउने रहेका छन् । प्रदेशमा ९७.४ प्रतिशत हिन्दु, ०.८ प्रतिशत बौद्ध, ०.३ प्रतिशत इस्लाम, ०.०१ प्रतिशत किरात, ०.१ प्रतिशत प्रकृति, ०.०१ बोन र बहाइ धर्मावलम्बी रहेका छन् ।

यस्तै नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी सार्वजनिक भएको तथ्यांक  अनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ ।

जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्