यस्तो छ आजको मौसम - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सूचना-प्रबिधि

यस्तो छ आजको मौसम

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-७-९
  • सुन्नुहोस् 
597   
यस्तो छ आजको मौसम

काठमाडौँ । आजको मौसम सामान्यतया सफा रहेको छ । 

देशको पहाडी भूभागमा आंशिक बदली, एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहने छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम आज पनि सफा रहने जानकारी दिएको छ।

बुधबार दिउँसो  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखा जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार