बिहान उठ्ने बित्तिकै फोन चलाउनुका ५ असर - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सूचना-प्रबिधि

बिहान उठ्ने बित्तिकै फोन चलाउनुका ५ असर

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-१७
  • सुन्नुहोस् 
579   
 बिहान उठ्ने बित्तिकै फोन चलाउनुका ५  असर

आधुनिक युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । दिनको सुरुवात होस् वा अन्त्य हामी प्रायः मोबाइल मोबाइल फोनको प्रयोगबाटै गर्दछौँ ।

तर यसरी यसरी एकाबिहानै आँखा मिच्दै मोबाइल खेलाउनु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ भन्ने कुरा हामीलाई थाहा छैन, र थाहा भएपनि नजरअन्दाज गरिरहेका छौँ ।बिहान उठ्ने बित्तिकै मोबाइल हेर्ने बानीले हाम्रो स्वास्थ्य तथा मानसिक असरमा कस्तो कस्तो असर पार्दछ त र?

मानसिक तनाव तथा चिन्तामा वृद्धि

बिहान उठ्दा बित्तिकै जब तपाईं मोबाइल हेर्नुहुन्छ तब तपाईंले प्रायः सोसल मिडिया, इमेल वा अन्य सुचनाहरु पढ्न थाल्नुहुन्छ । ती सूचना तथा समाचारहरुले तपाईंको चिन्ता तथा तनावको स्तर बढाउन सक्दछन्, किनकि सोसल मिडियाको वालमा एकाबिहानै पहिलो नजरमा हामीले के देख्नुपर्छ रु भन्ने कुराको ग्यारेन्टी हुँदैन ।

तपाईंले यस्तो पनि देख्नुपर्ने हुनसक्छ, जसबाट तपाईंको पूरै दिन खराब होस् । यदि तपाईं कुनै नकारात्मक सन्देश वा कामसँग सम्बन्धित इमेल हेर्नुभयो भनेपनि त्यसले तपाईंलाई दिनभर नै दिक्क बनाउन सक्छ । त्यसैले बिहानको समय मानसिक रुपले आनन्ददायक समय बनाउनका लागि बिहानी समयलाई मोबाइल फोनबाट टाढा राख्नुहोस् ।

स्मार्टफोनको निलो प्रकाशको असर

मोबाइल फोनको स्क्रिनबाट निस्किने निलो प्रकाशले तपाईंको आँखामा गहिरो असर पार्दछ । जब तपाईं बिहान उठ्ने बित्तिकै मोबाइल हेर्नुहुन्छ तब तपाईंको आँखा पूर्ण रुपमा आरामको स्थितिमा हुँदैन र स्क्रिनबाट निस्किने निलो प्रकाशले आँखामा सिधा दबाब पार्दछ । यसबाट आँखामा थकान, सुख्खापन तथा धमिलोपनको समस्या बढ्दछ ।

रचनात्मकतामा कमी

बिहानको समयमा हाम्रो मस्तिष्क सबैभन्दा धेरै क्रियाशील तथा रचनात्मक हुन्छ । यदि त्यस्तो रचनात्मक समयलाई तपाईंले मोबाइल खेलाएर खर्चिनुभयो भने तपाईंको मस्तिष्कको रचनात्मकता प्रभावित हुनसक्छ । बिहानको समयमा योग, ध्यान वा कुनै सकारात्मक गतिविधिमा लगाइयो भने मस्तिष्कलाई उर्जा प्राप्त हुन्छ र नयाँ विचार उत्पन्न हुन्छन् ।

मल्टि टास्किङको बानी

बिहान उठ्ने बित्तिकै मोबाइलमा नोटिफिकेसन हेर्ने, इमेल पढ्ने वा सोसल मिडिया स्क्रोल गर्ने काम एक प्रकारले मल्टिटास्किङ अर्थात् एकै पटकमा धेरैवटा काम गर्ने सिलसिलाको सुरुवात हो ।यो बानीले तपाईंको मस्तिष्कलाई एकै समयमा कैयन् कार्यहरुमा व्यस्त गरिदिन्छ, जसबाट तपाईंको एकाग्रता कमजोर बन्दछ र तपाईंले कुनैपनि काम पूर्णरुपमा गर्न सक्नुहुन्न ।

एकाग्रतामा कमी

बिहान बिहानै मोबाइलमा जानकारी प्राप्त गर्ने बानीले तपाईंको ध्यान विक्षिप्त हुनसक्छ । यसबाट तपाईंको ध्यान केन्द्रित गर्ने क्षमता अर्थात् एकाग्रताको क्षमतामा गिरावट आउँछ र तपाईंले आफ्ना कामहरुमा पूर्णरुपमा ध्यान दिन सक्नुहुन्न ।यसबाट व्यक्तिको उत्पादकत्वमा कमी आउन सक्दछ र दिनभर काममा सुस्त महसुस हुन्छ । एजेन्सीको सहयोगमा


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:12) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च