चट्याङ लागेर झापामा एक जनाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

चट्याङ लागेर झापामा एक जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२७
  • सुन्नुहोस् 
 
चट्याङ लागेर झापामा एक जनाको मृत्यु

झापा । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका-३ आरुभोटे स्थायी घर भई हालः झापा गौरादह नगरपालिका-५ बालुबथान बस्ने ५४ वर्षीय दूधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीय गोमनाथ चेम्जुङको खेती अधिया गरी बस्दै आएका लावतीलाई आज बिहान ७ बजे भान्सा कोठामा खाजा खाने क्रममा चट्याङ लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापश्चात् इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहको टोली शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको जनाएको छ। 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार