कैलाली बहुमुखी क्याम्पसमा शान्तिपुर्ण रुपमा मतदान हुदै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलाली बहुमुखी क्याम्पसमा शान्तिपुर्ण रुपमा मतदान हुदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२७
  • सुन्नुहोस् 
 
कैलाली बहुमुखी क्याम्पसमा शान्तिपुर्ण रुपमा मतदान हुदै

धनगढी । कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा शान्तिपूर्ण मतदान भईरहेको छ । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस रहेको कैलाली बहुमुखी क्याम्पसमा निर्धारीत समयमै मतदान सुरु भएको हो । आजको मतदान प्रक्रियामा पहिलो मत यस क्याम्पसमा एम।ए। तेस्रो सेमेस्टरमा अध्ययनरत ७५ वर्षिय पुर्णानन्द जोशीले खसाउनु भएको छ । यस क्याम्पसमा दर्ता भएका विभिन्न ११ वटा संघ, संगठन, समुह र स्वतन्त्र गरि प्रत्यक्ष तर्फ अध्यक्ष पदका लागि ६ जना, सचिव पदमा ६ जना, कोषाध्यक्ष पदमा ५ जना र सदस्यमा ३४ जनाबिच चुनावी प्रतिस्पर्धा हुँदै छ ।

आजको मतदान प्रक्रियाका लागि कैलाली बहुमुखी क्याम्पसमा ३ हजार ५९० जना मतदाता रहेको निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

मतदान प्रक्रिया विहान ८ बजेदेखि वेलुका ४ बजेसम्म कायम रहने उनले बताए । निर्वाचन प्रक्रिया सुरु भएसंगै क्याम्पसमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आज सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहित १२ क्याम्पसमा आज निर्वाचन भैईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार