हामि संग जोडिनुहोस

समाचार

एक वृद्ध घरबाट निस्किएको ८ दिनपछि मृत फेला

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-११-१६
  • सुन्नुहोस् 
201  
Banner

दार्चुला ।  दार्चुलाका एक वृद्ध घरबाट निस्किएको ८ दिनपछि मृत फेला परेका छन । जिल्लाको नौगाड गाउँपालिका–१ इयरकोटका विरभान सिंह महता घरबाट निस्केको ८ दिनपछि मृत फेला परेका हुन ।बुधबार स्थानीय सत्याडी भीरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन ६ गते निगालोको चोया निकाल्न भन्दै उनी घरबाट जंगल हिँडेका थिए ।धेरै दिनसम्म पनि उनी घर नफर्किएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले खोज्ने क्रममा बुधबार उनको शव भीरमा फेला परेको बताईएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार