हामि संग जोडिनुहोस

समाचार

कैलालीबाट अवैध सामान बरामद

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-११-१३
  • सुन्नुहोस् 
279  
Banner

धनगढी । कैलालीबाट प्रहरीले अढाई लाखको अवैध सामान बरामद गरेको छ।सोमवार धनगढी, भजनी र टीकापुरबाट प्रहरीले २ लाख ५७ हजार ४ सयको अवैध सामान बरामद गरेको हो। धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरघाट, धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान, टीकापुर नगरपालिका–८ झुगा, भजनी नगरपालिका–७ हिम्मतपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।उक्त स्थानबाट भन्सार छलीका सुर्ती, बिडी, गुट्खा, प्लास्टिकको डोरी, पापड, मोबाइल, चुरा, नेलकटर, बिन्दिया, काटा लगायतका सामानहरू बरामद गरिएका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार