समाचार
गोदावरी सहित तीन पालिकाबाट अवैध सामान बरामद

कैलाली । कैलालीको गोदावरी सहित तीन पालिकाबाट अवैध सामान बरामद गरिएको छ । बुधवार गोदावरी नगरपालिका – ४ हनुमान मन्दिर, भजनी नगरपालिका – ५ पुलीयापुर, कैलारी गाउँपालिका – ३ शिवरत्नपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ३ लाख ६९ हजार २ सय बराबरका सामान बरामद गरिएको हो ।जसअन्तर्गत चिनी, बिडी, सिद्रा माछा, प्लास्टिकको कुर्सी, साइकल, बच्चाको खेलौना लगायत शृङ्गारका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्