महेन्द्रनगरमा क्रिकेट खेलाडी ऐरी सम्मानित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

महेन्द्रनगरमा क्रिकेट खेलाडी ऐरी सम्मानित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-११-१३
  • सुन्नुहोस् 
477   
महेन्द्रनगरमा क्रिकेट खेलाडी ऐरी सम्मानित

कञ्चनपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मानित भएका छन । सोमबार उनको गृह जिल्ला समेत रहेको कञ्चनपुरमा ऐरीलाई सम्मानित गरिएको हो ।ऐरीलाई रथमा महेन्द्रनगर बजार परिक्रममा गराइएको थियो । त्यसपश्चात सोमबारदेखी महेन्द्रनगरमा सुरु भएको १६औ सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा ऐरीलाई नगद रु। ५१ हजार सहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो ।महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ऐरीलाई सम्मानित गरेका थिए । महोत्सवको आयोजक उद्योग वाणिज्य सङ्घले गरेको सम्मानले थप प्रोत्साहन मिलेको ऐरीले बताए ।नेपालका ‘ब्याटिङ अलराउण्डर’ ऐरीले विश्वक्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका छन् । ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्गजाउमा एसियन गेमअन्तर्गत मङ्गोलियाविरुद्ध टी–२० आई खेलमा सर्वाधिक छिटो नौ बलमा अर्धशतक प्रहार गरेर कीर्तिमान राखेका हुन् ।त्यसअघि भारतीय पूर्वक्रिकेटर युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए । सिंहले बनाएको उक्त कीर्तिमानलाई ऐरीले तोडिदिएका हुन् ।साथै अन्तरराष्ट्रिय क्रिकेटमा एक ओभरमा छ छक्का हान्ने खेलाडीको सूचीमा समेत ऐरीको नाम छ । दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा छ छक्का हानेर अर्को ‘रेकर्ड’ बनाएका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार