काठमाडौं। आइसीसी महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ।
समूह ‘सी’मा रहेर नेपालले हङकङ र बहराइनसँग खेल्नेछ।
थाइल्यान्डको बैंककमा हुने यस प्रतियोगितामा ९ वटा टिम सहभागी रहेका छन्। प्रतियोगितामा नेपाल, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया, कतार, यूएइ, बहराइन र हङकङ रहेका छन्।
नेपालले पहिलो खेल ९ मे मा हङकङसँग खेल्नेछ। १० मे मा नेपालले बहराइनसँग खेल्नेछ।
हाल नेपाली महिला क्रिकेट टिम भैरहवामा तयारी गरिरहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्