नेपाली सेनाले जनताको सुरक्षा र विश्वास जित्न सफल भएको छ : उपरथी देउजा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

नेपाली सेनाले जनताको सुरक्षा र विश्वास जित्न सफल भएको छ : उपरथी देउजा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-११-१२
  • सुन्नुहोस् 
360   
नेपाली सेनाले जनताको सुरक्षा र विश्वास जित्न सफल भएको छ : उपरथी देउजा

धनगढी। नेपाली सेनाले विभिन्न प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन, जनसुरक्षा, विकास निर्माण तथा संरक्षणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै जनताको विश्वास जित्न सफल भएको सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजाले बताएका छन् । आज महाशिवरात्रि तथा २६५औँ नेपाली सेना दिवसको अवसरमा उनले उक्त कुरा बताएका हुन् ।नेपाली सेनाले बाढी, पहिरो, आगलागी जस्ता विपद् व्यवस्थापनमा मात्र होइन, जनहितका विभिन्न कार्यहरू, ऐतिहासिक किल्ला तथा गढी संरक्षण, चुरे क्षेत्र संरक्षण अभियान, शैक्षिक क्रियाकलाप तथा खेलकुद प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान दिँदै आएको समेत उनले बताए ।“नेपाली सेना राष्ट्रिय सेवादल तालिम, एकीकरण पदमार्ग निर्माण, ऐतिहासिक धरोहर संरक्षण लगायत विविध कार्यक्रमहरू सञ्चालन गर्दै जनतासँग अझ नजिकिँदै आएको छ। सेना र नागरिकबीचको सम्बन्ध अझ सुमधुर बन्दै गइरहेको छ,“ उपरथी देउजाले बताए।उनका अनुसार नेपाली सेना सांस्कृतिक विविधताभित्र एकता कायम राख्दै राष्ट्रसेवामा समर्पित छ। उनले सुदूरपश्चिम प्रदेशका जनसमुदायले यि कार्यक्रमका कारण नेपाली सेनाबारे अझ नजिकबाट बुझ्ने अवसर पाउने विश्वास व्यक्त गरेका छन् । नेपाली सेनाले विपद् व्यवस्थापनका साथै मुलुकको समृद्धि र सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उपरथी देउजाको भनाइ छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार