आज तामाङ समुदायको सोनाम ल्होसार, सार्वजनिक बिदा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

आज तामाङ समुदायको सोनाम ल्होसार, सार्वजनिक बिदा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-१७
  • सुन्नुहोस् 
393   
आज तामाङ समुदायको सोनाम ल्होसार, सार्वजनिक बिदा

काठमाडौँ ।  तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६१औँ वर्ष सुरु भएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको  अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ ।

  पर्वका अवसरमा बौद्ध क्षेत्रमा, टुँडिखेलमा र  स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ । सरकारले सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च