रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश सहितको इजलासमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश सहितको इजलासमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-५
  • सुन्नुहोस् 
87   
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश सहितको इजलासमा

 काठ्माण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट आइतबार प्रधानन्यायाधीश र न्यायाधीशको इजलासमा परेको छ।

उनको मुद्दा सोमबार  ‘घ’ नम्बरमा हेर्न लागिएको र उनी भैरहवा कारागारमा रहेका छन्।

लामिछानेलाई भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा पनि थुनामा राखिएको छ।

यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेको सो रिटमा आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोक्ने आदेश भएको थियो ।

 सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा उनी पुर्पक्षका लागि थुनामा रहेका हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च