रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने महिमानसिंह लाई धरौटीमा छाड्न आदेश - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने महिमानसिंह लाई धरौटीमा छाड्न आदेश

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-५
  • सुन्नुहोस् 
126   
रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने महिमानसिंह लाई  धरौटीमा छाड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ।  न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनाधिकृत पत्र लेखेपछि उनी पक्राउ परेका थिए। सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट नियन्त्रणमा लिएको थियो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवनबाट प्रकाउ गरिएको थियो।

विष्टले कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए। उनले टीकापुर घटनामा ज्यान गुमाएका मान्छेहरूको  आत्माले पोलेपछि पत्र लेखेको प्रहरीसमक्ष बयान दिएका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च