द्वन्द्वपीडितका लागि बजेट विनियोजन गछौंः नगर उप-प्रमुख रोकाया - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

द्वन्द्वपीडितका लागि बजेट विनियोजन गछौंः नगर उप-प्रमुख रोकाया

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-५
  • सुन्नुहोस् 
357   
द्वन्द्वपीडितका लागि बजेट विनियोजन गछौंः नगर उप-प्रमुख रोकाया

धनगढी । गोदावरी नगरपालिकाका नगर उपप्रमुख शारदादेवी रोकायाले द्वन्दपीडितका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएकी छिन् । 

मानव अधिकारका लागि महिला, एकल महिला समूह सुदूरपश्चिम प्रदेश धनगढीको आयोजना तथा कुर्वे विष्ट्रोको सहयोगमा सोमबार गोदावरी नगरपालिकामा महिला शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन उपसमितिका पदाधिकारीसँग संक्रमणकालीन न्यायको वर्तमान अवस्था र सवाल विषयक छलफल कार्यक्रममा नगर उपप्रमुख रोकायाले बजेट विनियोजन गर्ने प्रतिवद्धता जएकी हुन् । गोदावरी नगरपालिकामा पनि महिला शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन उपसमितिका गठन भएको छ । 'उपसमितिकाको संयोजकमा म आफै छु,'उनले भनिन्,'गोदावरीमा पनि धेरै द्वन्दपीडित छन् । उनीहरुलाई आयआर्जनसँग जोड्न जरुरी छ ।' नगरपालिकाले ल्याउने नीति तथा कार्यक्रममा समेट्दै आउने आर्थिक बर्षका लागि बजेट पनि विनियोजन गरिने उनले बताइन् ।

छलफल कार्यक्रममा द्वन्द्वपीडितहरु आफ्नो बालबालिका शिक्षाबाट बञ्चित भइरहेको बताएका छन् । 

द्वन्द्वपीडित बसन्ती जोशीले आफ्नो जीवन यसोतसो अभावमा भएर काटिए पनि छोरी भने उच्च शिक्षाबाट बञ्चित भइरहेको बताइन् । उहाँले भनिन्, 'मेरो श्रीमानको हत्या भएपछि पाएको राहातले छोरीलाई माध्यमिक तहसम्म पत्रकारले पढाए, उच्च माध्यमिक तह पढाउन सकस छ ।' घरमा कमाउने मान्छे नै नभएपछि छोरीलाई 'वकिल' पढाउँनै सकस भएको उनले उपमेयर रोकाया समक्ष दुखेसो पोखिन् । उनका पति पत्रकार जेपी जोशी हुन् । जसको हत्याको घटना हालसम्म पनि पत्ता लाग्न सकेको छैन । उनकी पत्नी वसन्ती हाल मजदुरी गरेर दुई छोरीलाई पढाउदै आएकी छिन् । स्थानीय तहबाट आयमुलक सीपमुलक कार्यक्रममा सहभागी गराएको भए छोरीको पढाई खर्च र दैनिक जीवनयापनमा सजिलो हुने जोशी बताउछिन् ।

त्यसैगरी गोदावरी नगरपालिका–८ का द्वन्दपीडित अस्मिता पुनमगर पनि आर्थिक अभावका कारण आफ्ना छोराछोरीको शिक्षामा बाधा पुगेको बताउछिन् । आर्थिक अभावको कारण छोराले पढदा पढदै विद्यालय छाडेको बताउँदै उनले भनिन्,'घर खर्च जुटाउन गाउँमा सानो पसल छ । आएको पैसाले घरगुजारा चलेको छ ।'

कार्यक्रममा अधिवक्ता पुष्पविक्रम शाहीले महिला शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनबारे प्रस्तुतीकरण तथा सहजीकरण गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, विषयगत शाखाका प्रमुखहरु, महिला तथा बालबालिका शाखाका प्रमुख गोदावरी खत्री, उपसमितिका पदाधिकारी, मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश धनगढीका सल्लाहकार गोमा आचार्यलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च