अष्ट्रेलियामा नेपाली आशिक खड्काको स्वर्णिम सफलता - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

अष्ट्रेलियामा नेपाली आशिक खड्काको स्वर्णिम सफलता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-५
  • सुन्नुहोस् 
144   
अष्ट्रेलियामा नेपाली आशिक खड्काको स्वर्णिम सफलता

धनगढी । अष्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाली युवा आशिक खड्काले दुई स्वर्ण पदक जित्दै ओभरअल च्याम्पियनतर्फ उपविजेता बन्ने गौरव प्राप्त गरेका छन्।

आशिक खड्का हाल अष्ट्रेलियामा सिभिल इन्जिनियरिङ अध्ययनरत नेपाली विद्यार्थी हुन्। पढाइ, पारिवारिक जिम्मेवारी र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्दै उनले शारीरिक सुगठनमा आफ्नो समर्पणलाई निरन्तरता दिएका छन्।

उनले फिजिकल वर्गमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराएका हुन्। प्रतियोगितामा उनले दुई स्वर्ण जित्नुका साथै ओभरअल च्याम्पियनतर्फ दोस्रो स्थान हासिल गरे।

ब्रिसबेनमा रहेका नेपाली समुदाय र प्रतिष्ठित सङ्गठनहरूसँग संलग्न आशिकले युवाहरूमाझ स्वास्थ्य र फिटनेसप्रतिको जागरूकता फैलाउँदै आएका छन्। उनी अब नेपाली युवाका लागि प्रेरणाको स्रोत बन्न पुगेका छन्।

उनको सफलतापछि इल्ँ त्तीम् का अध्यक्ष प्रेम शाहिको टोलीद्वारा आयोजित विशेष कार्यक्रममा आशिकलाई खादा माला लगाई सम्मान गरिएको थियो। कार्यक्रमको अवसरमा विजयीको खुसीमा केक काट्दै भव्य स्वागत तथा सम्मान गरिएको थियो।

नेपाल र प्रवास दुवै ठाउँमा आशिक खड्काको यो स्वर्णिम सफलताले गौरवको नयाँ इतिहास लेखेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च