धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा एक विद्यालयको अस्तित्व संकटमा पर्ने खतरा बढेको छ । उप–महानगरपलिकाको वडा नम्बर–१४ खुटियाटोलमा रहेको वाल आधारभूत विद्यालयमा बिद्यार्थी न्युन रुपमा भर्ना भएपछि विद्यालयको अस्तित्व संकटमा पर्ने खतरा बढेको हो । शैक्षिक सत्र २०८२ मा सो विद्यालयमा जम्मा चार जना मात्र विद्यार्थी भर्ना भएका छन् ।
वालविकास देखि तीन कक्षा सम्म पठन–पाठन हुने सो विद्यालयमा कक्षा एकमा २ जना र कक्षा तीनमा पनि २ जना मात्र छात्र भर्ना भएको विद्यालयका प्रधानाध्यापक राशबहादुर बुढाले बताए । बाँकी कक्षामा भने विद्यार्थी शून्य मात्रमा विद्यार्थी रहेको प्रधानाध्यापक बुढाले बताए ।
गत चैत महिना देखि शिक्षक आन्दोलनका कारण अब विद्यालय खुल्दैनन भन्ने गाँउमा हल्ला चलेका कारण विद्यार्थी भर्ना हुन नआएको प्रधानाध्यापक उनले बताए । उनले भने ,“ विद्यार्थी भर्ना गर्ने बेला शिक्षक आन्दोलन भयो, लामो समय विद्यालय बन्द भएँ, सबै विद्यार्थी निजी विद्यालयमा भर्ना हुन गएँ । अव स्थानीय सरकारले जस्तो निर्णय गर्छ त्यही मान्न तयार छौ ।” पटक–पटक विद्यार्थी भर्ना गर्ने सम्बन्धमा अविभावकहरुसंग ब्यापक छलफल गरियो तर थप विद्यार्थी भर्ना गर्न असफल भएको प्रधानाध्यापक बुढाको भनाई छ । तीन जना शिक्षक र कर्मचारी रहेको उक्त विद्यालयमा गत शैक्षिक सत्रमा जम्मा १९ जना मात्र विद्यार्थी भर्ना भएका थिए । विद्यालयमा खानेपानी, शौचालय र विद्यालय भवन र खेल्ने चौउर प्रयाप्त मात्रमा भएपनि विद्यालयमा विद्यार्थी नुहँदा विद्यायको वातावरण शुनसान भएको छ ।
विद्यार्थीको संख्यमा न्युन रहेको गुनासो आएपछि धनगढी–१४का वडाध्यक्ष मानबहादुर बिष्टले विद्यालयको अनुगमन गरेका छन् । अनुगमनका क्रममा वडा अध्यक्ष बिष्टले उक्त विद्यालय समायोजन गर्ने वा अन्य कुनै विकल्प खोज्ने भन्ने विषयमा धनगढी उपमहानगरपालिकामा छलफल गर्ने फूलवारी खबरलाई बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्