हामि संग जोडिनुहोस

मनोरञ्जन

धनगढी पुगेका अभिनेता पल शाह यसरी देउडामा रमाएँ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-१३
  • सुन्नुहोस् 
1.01K  
Banner

धनगढी ।अभिनेता पल शाहले गौराको उत्सवले रङ्गिएको धनगढीमा देउडाको रौनक थपिदिएका छन्। भदौ २१ गते रिलिज हुने आफ्नो नयाँ चलचित्र 'रावायण' को प्रमोसनका क्रममा धनगढी पुगेका शाहले चलचित्र पत्रकारहरूसँगै देउडामा झुम्दै रमाइलो गरेका हुन्। एसटिएस फिल्म हल परिसरमा चलेको देउडामा शाहको सहभागीताले सबैको ध्यान खिचेको थियो।

प्रमोसनकै क्रममा शाहले 'रावायण' को पोष्टर पनि धनगढीमा सार्वजनिक गरे। पत्रकारहरूसँग संवाद गर्दै उनले ‘रावायण’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्दै भने, “प्रेम, परिवार र समाजको कथावस्तुमा बनेको यो चलचित्रले सबैको माया पाउँछ।” चलचित्र पत्रकार संघ नेपाल धनगढीका उपाध्यक्ष विवेक नागरीले शाहलाई स्वागत गर्दै चलचित्रको प्रचार-प्रसारमा पूरा सहयोग गर्ने प्रतिबद्धता जनाए।

तपाइको प्रतिक्रिया दिनुहोस्