हामि संग जोडिनुहोस

सुदूरपश्चिम

कञ्चनपुरको पुनर्वासमा एक महिला मृत अवस्थामा फेला

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-३१
  • सुन्नुहोस् 
1.28K  
Banner

कञ्चनपुर।कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका वडा नं ३ , आई बि आर डी मा आज बिहान एक महिलाको शव फेला परेको छ ।

पुनर्वास नगरपालिका आई बि आर डी बजार को राला चोक देखि दक्षिण जन कल्याण माध्यमिक विद्यालय जाने बिच बाटोमा अन्दाजी २८ वर्षीया लक्ष्मी घर्ती मृत अवस्थामा भेटिएकी हुन् ।

  हिजो बेलुका ८:०० बजे तिर मृतक घर्तीमगर पुनर्वास नगरपालिका-५, ग-गाउँ मामाघर जान्छु भनेर घरबाट निस्किएको पारिवारिक श्रोतबाट बुझिएको छ।

मृत फेला परेको खवरपछि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटना बाटो बीचमा घटेको छ। यस घटनाको प्रकृति शंकास्पद रहेकाले घटना कसरी भयो भन्ने बारेमा अहिलेनै भन्न नसकिने ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज प्रहरी निरीक्षक नरेश राज मल्लले बताए।

अहिले शवको मुचुल्का गरी पोष्टमार्टमका लागि कैलाली स्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ  पोष्टमार्टमको रिपोर्ट र घटनाबारे मुचुल्का हेरी अनुसन्धान प्रक्रिया अगाडि बढने ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज प्रहरी निरीक्षक मल्लले जानकारी दिए।

मृतक लक्ष्मी घर्ति बिगत केहि वर्षदेखि ५ बर्षीय छोराका साथ दुवै आमा छोरा माईती घर मै बस्दै आएकी थिईन ।

तपाइको प्रतिक्रिया दिनुहोस्