पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, सुदूरपश्चिमको पहाडी भूभागमा हल्का वर्षा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सूचना-प्रबिधि

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, सुदूरपश्चिमको पहाडी भूभागमा हल्का वर्षा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-२०
  • सुन्नुहोस् 
516   
 पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, सुदूरपश्चिमको पहाडी भूभागमा  हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी  र कर्णाली  प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावा–हुरीको सम्भावना रहेको छ।

बिहीबार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेशका एक–दुई स्थानमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार