हामि संग जोडिनुहोस

सूचना-प्रबिधि

रासस सुदूरपश्चिमको ६३ औं वार्षिकोत्सव सम्पन्न

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-९
  • सुन्नुहोस् 
531  
Banner

धनगढी । राष्ट्रिय समाचार समिति (रासस) ले अहिले सम्म आफ्नो स्वाभिमान र अडान बचाएर रहेको सुदूरपश्चिम प्रदेशका सभामुख भीम प्रसाद भन्डारीले बताए । (रासस) सुदूरपश्चिमको ६३ औं वार्षिकोत्सव कार्यक्रममा उनले आगामी दिनमा पनि यसरी नै विश्वसनियता कायम राख्न सुझाब दिए । 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सुशासन र समृद्धिका लागि पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको उद्योग पर्यटन बन तथा वातावरण मैत्री रमेश धामीले बताए ।

राससले अहिले सम्म जसरी निष्पक्ष कलम चलाएको छ त्यसरी त्यसलाई निरन्तरता दिनुपर्ने उनले बताए । सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले धेरै संचार माध्यमले कपोलकल्पित समांचार लेख्ने गरेको बताएका छन् । 

राष्ट्रिय समाचार समितिले राष्ट्रकै सबै भन्दा विश्वसनीय समाचार प्रदान गर्ने संस्था रहेको समेत उनले बताए । राज्य सञ्चालनका सम्पूर्ण निकायलाई सुसूचित गराउने गर्दछ । लोकप्रियताको लागि पत्रकारिताको मर्म विपरित पत्रकारिता गर्नु राम्रो नभएको उनको भनाई छ । 

राससले लामो समय देखि संचार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । संचार माध्यमले सत्य तत्थ सूचना दिन चुक्नु नपार्ने उनले बताए ।

सूचना दिनमा पत्रकारले आफूले लेखेको समाचारमा सत्य तत्थ र निष्पक्ष छ कि छैन भन्ने कुरा बुझेर मात्र समाचार प्रकाशन गर्न अनुरोध गरेका छन् । अहिले सबै फेसबुक पेज खोलेर आफु पत्रकार भन्दै मिडियाको बद्नाम गरिरहेकाले यस्ता कार्य नियमन गर्नु जरूरी रहेको छ । सबै पत्रकार यसबाट सचेत रहनु पर्ने उनले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्