हामि संग जोडिनुहोस

साहित्य

भोली पुष १५ मा धनगढी रंगशालामा बृहत लाईभ देउडा दोहोरी हुने

  • Logo
    दिपक बम
  • Logo
    २०८०-९-१५
  • सुन्नुहोस् 
1.03K  
Banner

धनगढी । कैलालीको धनगढीमा बृहत लाइभ देउडा दोहोरी हुने भएको छ । शनिबार देउडा संस्कृती संरक्षण प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै पुष १५ को अवसर पारी आइतबार धनगढी रंगशालामा बृहत लाईभ देउडा दोहारी हुने जनाएको छ । 

सुदूरपश्चिम प्रदेशको देउडा संस्कृती र मौलिकताको संरक्षण गर्ने हेतुले बृहत लाईभ देउडा दोहोरी हुने जनाएको छ । लाइभ देउडा दोहारी कार्यक्रममा करिब दुई हजार भन्दा बढी देउडा प्रेमीले देउडा खेल्ने अनुमामन गरिएको देउडा संस्कृती संरक्षण प्रतिष्ठानका प्रदेश अध्यक्ष धुर्व बहादुर सिंहले बताए ।

उनका अनुसार करिब चार सय भन्दा बढी देउडियाहरुको उपस्थिती रहने छ । सुदुरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशी प्रमुख अथिती रहने प्रतिष्ठानका प्रदेश अध्यक्ष सिंहले बताए । सो कार्यक्रममा विभिन्न १५ वटा विद्यालयहरुले आर्थिक सहयोग गरेको देउडा संस्कृती संरक्षण प्रतिष्ठानले जनाएको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्