जहाँ पनि एकै ड्याङका मुलाहरु छन् - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

साहित्य

जहाँ पनि एकै ड्याङका मुलाहरु छन्

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-८
  • सुन्नुहोस् 
1.86K   
जहाँ पनि एकै ड्याङका मुलाहरु छन् : Phulbari Khabar

घिउ विना दियो हजुर कत्ति बल्छ हाम्रो देशमा,

Phulbari Khabar

शक्तिको मात्र भक्ति कत्ति चल्छ हाम्रो देशमा।


Phulbari Khabar

कसैलाई थाहा छैन कस्ले लुट्यो देश भनेर,

भाषण गर्ने यीनै नेताको कत्ति छल्छ हाम्रो देशमा।


अन्यायमा तिमी पनि बोल म पनि बोल्छु हजुर,

विना कसुर सत्य कुरा कत्ति गल्छ हाम्रो देशमा।


जहाँ पनि एकै ड्याङका मुलाहरु छन खोजे भने,

जिउँदो मान्छे लाश बनेर कत्ति ढल्छ हाम्रो देशमा।


थाहाँ छ देश चार किल्लाको माटो हो भनेर मलाई,

भोकालाई सधैं कत्ति तल तल छ हाम्रो देशमा।

लवदेव धामी, लव


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च