साहित्य
ननिदाएका कैयौँ रात (कविता)

सिर्जना मञ्जरी
सुन्दर सपनासङ्गैका चोट
विगतको एउटा सुन्दर सपना
त्यो सपना पूरा गर्न
ननिदाएका कैयौँ रात
नखाएका कैयौँ गाँस
स्मृतिमा अझै छन्
नमिल्दासम्मको त्यो खुसी
साच्चै, अलौकिक हुँदो रहेछ
अचेल,
मोहन्यालको दुर्गमताले, मोहन्यालको कष्ठताले
सिर्जिएको घाउ
त्यसैमाथि
इमान्दार भएर हिड्दा पनि
बाँच्न नदिनेका चोटिला प्रहारहरुले
यति विधि घोच्दो रहेछ
लाखौका माझ प्रतिस्पर्धामा होमिएर
क्षमताले शिक्षक बन्न पाउँदा पनि
गर्वसङ्ग शिर ठाडो पार्न नदिने
सङ्गीहरुकै अनेकौं प्रपञ्चले
झेल्नुपरेका तनावहरुले
शिक्षकलाई गलाउँदो रहेछ, ढलाउँदो रहेछ
अन्य कतिपयले आफ्ना स्वार्थहरु लिदैँ
खोक्राउँदा रहेछन्, जलाउँदा रहेछन्
पैसाले बनेको सम्बन्ध मात्र
केवल यहाँ जिउँदो हुने रहेछ
फेरि, सरुवाका नाममा
आफ्नो पेट पाल्न धौ धौ पर्ने
विशुद्ध कमाइलाई पनि
अंशबन्डा गरेझै हजारौंलाई बाड्नुपर्ने
यहाँका नीति नियम अझै कति घिनलाग्दा र डरलाग्दा रहेछन्
मुकदर्शक भएर हेरिरहने सरकार
पैसामा बिकेका सम्बन्धित निकायले
शिक्षकको गाँस लुटेको रहेछ, शिक्षकको बाँस लुटेको रहेछ
आखिर कहिलेसम्म रहिरहने हो
नेपालमा यो लुटतन्त्र, नेपालमा यो गुटतन्त्र
(उहाँ मालिका आधारभूत विद्यालय मोहन्याल -२ नावलीमा कार्यरत शिक्षिका हुनुहुन्छ ।)
तपाइको प्रतिक्रिया दिनुहोस्