हामि संग जोडिनुहोस

समाचार

धनगढी उपमहानगरपालिकाको प्राथमिकतामा परेन कुखुरा पालन व्यवसाय

  • Logo
    रमेश ऐडी
  • Logo
    २०८०-७-१२
  • सुन्नुहोस् 
867  
Banner

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले कुखुरा पालन व्यवसायलाई प्राथमिकतामा नराखेको पाइएको छ । मासुजन्य पदार्थमा सबैभन्दा बढि प्रयोग गरिने बोइलर र लोकल कुखुरा पालन व्यवसायलाई उपमहानगरपालिकाले व्यवसायिकरुपमा प्रर्वद्धन गर्नमा व्यवास्था गरेको पाइएको हो ।    

भारतसंग सिमाना जोडिएको धनगढी उपमहानगरपालिकाका कुखुरा पालन व्यवसायी संकटमा रहेको अवस्थामा उपमहानगरपालिकाले सहयोग नगर्दा किसानहरु पेशा नै छोड्न बाध्य भइरहेको व्यवसायीहरुको भनाई छ । आफ्नै ठाउँमा व्यवसाय गरेर स्वरोजगार बन्ने अभिप्रायले छोटो समयमा आम्दानी गर्न सकिने बोइलर पालन व्यवसाय सुरु गरेका कयौं किसानहरु पेशा नै छोडेर पलायन हुन थालेका छन् । 

धनगढी १९ को त्रिपल जे बहुउद्देश्यीय कृषि फर्मका संचालक बहादुर सिंह कामीले धनगढीका कुखुरा पालन व्यवसायीले नाफा कमाउन नसकेको बताए । उनले धनगढी उपमहानगरपालिकाले कुखुरा पालन व्यवसायलाई प्राथमिकतामा नराखेको, बजार व्यवस्थापन नगरेको र स्वचालित रुपमा गरिनुपर्ने बजार अनुगमन नगरेको आरोप लगाए ।  भारतसँगको खुला सिमानाका कारण भारतीय कुखुरा आइरहेकाले त्यसलाई रोक्न स्थानीय सरकारले पहल नगर्दा नेपाली कुखुरा व्यवसायीले नोक्सानी व्यहोर्नु परेको कामीले गुनासो पोखे ।  

कुखुरा व्यवसायमा लगानी गर्दा नाफाको नामै नभएको खाली नोक्सान मात्र हुने गरेको कामीको भनाई छ । कुखुरा व्यवसायीहरुले नोक्सानी व्यहोर्नु मा  खुला सिमाना र स्थानीय सरकारको कमीकमजोरी रहेको उनको बुझाई  छ ।

लाखौंको लगानी गरि कुखुरा पालन व्यवसाय गरिरहेका किसानहरु व्यवसायमा टिक्न नसकेर व्यवसाय नै छोडेर बिदेशीन लागिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका संग भने कुखुरा पालन व्यवसाय संग सम्बन्धित कुनै तथ्याङक  नरहेको पशु सेवा शाखाका अधिकृत पदम बहादुर रौले बताउंछन् । अधिकृत रौलेका अनुसार धनगढीमा कति कुखुरा फार्म छन्, कति किसानले कुखुरा पालन व्यवसाय गरिरहेका छन्, कुखुरा पालन व्यवसायीको अवस्था कस्तो छ , किसानले यो व्यवसायमा कति लगानी गरेका छन्,उपमहानगरपालिकालाई कुखुरा पालन व्यवसायबाट करबाफत कति आम्दानी भैरहेको छ भन्ने बिषयमा उपमहानगरपालिका संग कुनै तथ्याङक र जानकारी छैन । 

अरु व्यवसायको तुलनामा कुखुरा पालन व्यवसायमा उपमहानगरपालिकाले लगानी नगरेको अधिकृत रौलेले जानकारी दिए । उनले भने, बोइलर कुखुरा स्थानीय स्तरबाट उत्पादन भइरहेकाले हामीले बोइलर मा लगानी नगरेका हौं । हाम्रो प्राथमिकता बोइलर कुखुरा व्यवसाय भन्दा पनि गाई,भैंसी,बाख्रा,माछा र बंगुर पालन व्यवसाय हो । 



तपाइको प्रतिक्रिया दिनुहोस्