हामि संग जोडिनुहोस

स्वास्थ्य

कान कराउने समस्याको कारण र उपचार

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-६
  • सुन्नुहोस् 
987  
Banner

डा. योगेश न्यौपाने

कहिलेकाहीं कान बज्ने वा कराउने समस्या धेरैले भोगेकै कुरा हो । कान दुई किसिमले कराउने गर्छ, एउटा आफैंले मात्र सुन्ने र अर्को सँगैका अरु मान्छेले सुन्ने । प्रायजसो आफैंले सुन्ने खालको कान बज्ने समस्या धेरै देखिन्छ । यसलाई मेडिकल भाषामा टेनिटस भनिन्छ ।कानको भित्री नाक र कानको जोडिने इस्ट्याचियन ट्युबले राम्ररी काम नगरेमा यस्तो भएको हुन सक्छ ।

कान बज्ने कारण

कान बज्ने समस्या विभिन्न कारणले हुन सक्छ । सामान्यतया धेरैबेर ठूलो आवाजमा बसिराख्नाले हवाईजहाज चढ्ने क्रममा, रुघाखोकी, ज्वरो तथा पिनासको कारण कान बज्ने समस्या उत्पन्न हुन सक्छ । यसबाहेक कानमा फोहर जमेमा, कानको संक्रमण, कानको भित्री भागमा समस्या, कानको जाली च्यातिएमा, कान बन्द वा जाम भएर, कानमा कानेगुजी भरिएमा, कानको हड्डीको समस्या, कानको नसा सुकेमा र कानको नलीमा टयुमरका कारण कान बज्ने गर्छ ।त्यस्तै मानसिक तनाव, धुम्रपान र मद्यपानको सेवनले पनि कान बज्ने समस्या हुन सक्छ । कन्डक्टटिभ हेयर लस भएमा जस्तै बाहिर कानको लोतीदेखि कानको भित्री भागसम्म हुने समस्या भएमा कान बज्न सक्छ ।मधुमेह, रक्तअल्पता ९एनिमिया० हुनु, मुटुको रोग, उच्च रक्तचाप, रगतमा थाइराइडको स्तर कम हुनाले पनि कान कराउन सक्छ । त्यस्तै वृद्धावस्थामा कानको अनेक भागमा समस्या हुनुका कारण पनि कान कराउन सक्छ । ५५ देखि ६५ वर्षको उमेर समूहलाई यो समस्याले पिरोल्ने गर्छ ।

कस्तो अवस्थामा जँचाउने ?

यसमा अन्य रोगमा जस्तो यति दिन उति दिन भन्ने हुँदैन । कान कराउने समस्याले बिरामीको दैनिक जीवनमा असर पारेको छैन भने त्यो आफैं स्वतस् निको हुन सक्छ तर यदि यसले दैनिक जीवनमा प्रभाव पारेको खण्डमा चिकित्सकलाई देखाइहाल्नुपर्छ । यसले काममा ध्यान नजाने, चिड्चिडापन हुने, सुत्न नसक्ने समस्या हुन सक्छ ।त्यति मात्र नभई कान बज्ने समस्यासँगै कान दुख्ने, कानबाट तरल पदार्थ निस्किएमा, कान सुन्निन कम भए वा चक्कर लाग्ने भएमा तुरुन्तै चिकित्सकलाई देखाइहाल्नुपर्छ । किनकि यो अन्य कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ ।

लक्षण

कान कराउने बेला कानभित्र ‘टीं’ आवाज सुनिन्छ । त्यस्तै व्यक्तिपिच्छे कानमा बज्ने आवाज फरक(फरक हुन सक्छ । जस्तै कानमा सिटी बजेको जस्तो, खोलाको सुसाएजस्तै पानीको आवाज आउने, कीरा कराएको जस्तो हुने, रेडियो बिग्रेको जस्तो आवाज सुन्निे हुन सक्छ । यस्ता आवाज हल्का, भारी वा निरन्तरको आइरहेको हुने गर्छ ।

उपचार

अहिलेसम्म यसलाई निको पार्ने यही औषधि र उपचार प्रक्रिया भनेर तोकिएको छैन । तर यसलाई विधिबाट उपचार गर्ने गरिन्छ । जस्तै सुन्ने शक्ति कमजोर भएमा हेयरिङ एयर बड, शल्यक्रिया, कान च्यातिएमा शल्यक्रिया, इयरफान, भिटामिन र सप्लिमेन्टको कारण भएमा त्यो औषधि दिने, व्यवहार मानसिक समस्या भएमा एन्जाइटी मनोचिकित्सकको परामर्श दिने, सुत्न नसक्ने भएमा टिनिटस मास्कर जसले कान कराउने आवाजलाई कम गर्न मद्दत गर्छ । यस्तो समस्यामा टिनिटस थेरापी गराउने गरिन्छ ।

रोकथाम

कानेगुजी निकाल्ने, कान नकोट्याउने, तेल नराख्ने, धुम्रपान नगर्ने, कानको समस्या निरन्तर वा लामो समय भएमा चिकित्सकलाई जाँच गराउनुपर्छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्