कैलालीमा ५० हजारबढी किशोरीलाई एचपिभी खोप लगाइने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

कैलालीमा ५० हजारबढी किशोरीलाई एचपिभी खोप लगाइने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-१५
  • सुन्नुहोस् 
426   
कैलालीमा ५० हजारबढी किशोरीलाई एचपिभी खोप लगाइने

धनगढी,१५ माघ । कैलालीमा ५० हजार ६ सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ५० हजार ६ सय १३ जना किशोरीलाई खोप लगाइने भएको हो ।

माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा ५सय ४६ विद्यालय र १सय ५९ स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट ४७ हजार ३ सय २६ छात्रा र विद्यालय नजाने ३ हजार २सय८७ बालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ  ।

विद्यालयमा खोप पाउनेमध्येमा कक्षा ६ का दस हजार २ सय ५३ र कक्षा ७ देखि १० सम्मका ३७ हजार ७३ छात्रा रहेका बताइएको छ । यस्तै विद्यालयबाहिर रहेका १० वर्ष उमेरका ८ सय ५७ जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २ हजार ४ सय ३० जना रहेका जनाइएको छ ।

कैलालीका १३ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा दस हजार ८ सय ३४ र सबैभन्दा कम चुरे गाउँपालिकामा एक हजार एक सय ८ जनालाई एचपिची खोप लगाइने छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर सम्बन्धित स्थानीय तहमा खटिसकिएको बताइएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार