हामि संग जोडिनुहोस

समाचार

संविधान दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरीको वृक्षारोपण कार्यक्रम सम्पन्न

  • Logo
    रमेश ऐडी
  • Logo
    २०८०-६-४
  • सुन्नुहोस् 
1.07K  
Banner

धनगढी । संविधान दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ स्थित बि.ओ.पि लल्लीपुरको कार्यालय परिसरको खाली जमिनमा बृक्षारोपण गरिएको हो । 

बृक्षारोपण कार्यक्रममा बोल्दै धनगढी १९ का वडा अध्यक्ष बाधुराम चौधरीले सशस्त्र प्रहरी बल बि.ओ.पि लल्लीपुरको कार्यालय मोहना नदिको कटानमा पर्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, वडाको बजेटले नदिमा तटबन्धन गर्न सकिदैन, प्रदेश सरकार र संघिय सरकारलाई वडाबाट तटबन्धको लागि सिफारिस गरेर पठाएको भएपनि कुनै निकायबाट यस बर्ष बजेट परेन । 

पर्यावरणलाई माया गर्ने,राष्ट्रको सेवा गर्ने,समुदायको बिचमा एकताको भावना जगाउने उद्देश्यले संबिधान दिवसमा बृक्षारोपण जस्तो पुण्यको काम आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा सशस्त्र प्रहरी बल कैलालीका प्रमुख रामहरी अधिकारीले बताए ।  उनले भने,संबिधान दिवस जस्तो पवित्र दिनमा लल्लीपुर बि।ओ।पि परिसरको खाली जमिनमा बृक्षारोपण गरेर पुण्य गरौं भनेर कार्यक्रम आयोजना गरेका हौं, हामीले यहाँ हर्रो,बर्रो,अर्जुन वृक्ष,मुरिन्गा जातको वृक्ष लगायत विभिन्न फलफूलका बिरुवा रोपेका छौ । 

No description available.

वृक्षारोपणलाई कार्यक्रम गरेर फोटो खिच्न मात्र नभई साच्चिकै विरुवा हुर्काएर जगेर्ना गर्न सकेमा मात्र कार्यक्रमको सार्थकता रहने भएकाले  रोपिएका विरुवाको हेरचाह गर्न समेत आग्रह गरे । 

No description available.

बृक्षारोपण कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष बाबुराम चौधरी, पुर्व वडा अध्यक्ष तिलुराम चौधरी,वडा सदस्य हरेन्द्र ऐडी,रत्ना चौधरी लगायत टोल विकास संस्थाका संयोजकहरू,विभिन्न विद्यालयका प्रतिनिधि लगायत स्थानीय समाजसेवी,बुद्धिजीवीको उपस्थिति रहेको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्